
धनगढी - कैलालीको घोडाघोडीमा चितुवाको उद्धार गरिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–८ आमफाटाबाट गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो। डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो।

बिहान गाउँमै घुमिरहेको अवस्थामा स्थानीयले चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयहरूको हो हल्ला पछि चितुवा स्थानीयको शौचालय भित्र पसेको थियो। उद्धार गरिएको चितुवालाई डिभिजन वन कार्यालय पहलमानपुर राखिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए।
