सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु
 
dd

सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाकी ७३ वर्षीय वृद्धाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ  ।

प्रशासनका सुचना अधिकारी शिवराज जोशीका अनुसार आज बिहान साढे ८ बजेतिर सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।  ती वृद्धामा चैत्र २६ गते कोभिड पुष्टि भएको थियो ।