सुदुरपश्चिमका २४ जनामा कोरोना पुष्टि
 
ss

सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सात सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २१ जना र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १८ जना कैलालीका, चार जना बैतडीका र दुई जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ।