धनगढीको एसपीएका प्रमुखमाथि कालोमसो दलियो
 
ss

धनगढीको एसपीए कलेजका प्रमुख योगराज गौतममाथि कालोमसो दलिएको छ। शुक्रबार दिउँसो विद्यार्थी परिषद्को कार्य समिति चयनको विषयलाई लिएर नेवि संघका कार्यकर्ताले कालोमसो दलेका हुन्।

कालोमसो दलेको आरोपमा प्रहरीले केही व्यक्तीहरुलाई पक्राउ गरेको बताएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ नेवि संघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो। विद्याको मन्दिरमा यस्ता क्रियाकलाप गर्नु निन्दनिय रेहको प्रमुख गौतमले बताएका छन्।

अचानक एक हुल ‘आएर म माथी मोभिल खन्याइयो शिक्षाको पुजारीलाई यस्तो गर्नु निन्दनीय छ।’ उनले भने। यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई पनि कारवाही गरिनु पर्ने उनले माग गरेका छन्।