
कैलारी गाउँपालिका–३ भर्री घर भई पुनर्वास नगरपालिका –२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीको डेढ वर्षको छोरा रोमन चौधरीको डुबेर मृत्यु भएको छ ।

खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको सोही ठाउँस्थित स्थानीय बीएन पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
