
अछाम – डेउडा प्रतिष्ठान अछाम जिल्ला तदर्थ समितिको संयोजकमा लोक डेउडा गायक जनक कार्की चयन भएका छन् ।

अछाम जिल्ला स्थित कलाकारहरूको भेलाले अछाम जिल्ला संयोजकमा कार्की लाई चयन गरिएको हो । भेलाले सह संयोजकमा लोक डेउडा गायक गोविन्द विष्ट र सचिवमा वीरेन्द्र बहादुर कुँवरलाई चयन गरेको छ ।
डेउडा प्रतिष्ठान अछाम जिल्ला तदर्थ समितिको सदस्यहरूमा धर्मबहादुर साउँद, तुलसी थापा, भोजराज भाट, ललित रैगाई, मिलन नेपाली र रामबहादुर थापालाई चयन गरिएको सदस्य भोजराज भाटले बताए । तदर्थ समितिले ६ महिना भित्र साधारण सभा गरी समितिले पूर्णता पाउने भाटले बताए ।
