
कैलालीका व्यवसायीहरु आन्दोलित भएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।


कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरु ब्याजदर विरुद्ध आन्दोलनमा उत्रेका हुन्।बैंक तथा वित्तीय संस्थाले ब्याजदर मनोमानी बढाउँदा व्यवसाय धरासायी बन्दै गएको उनिहरुले बताएका छन् । माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघले जनाएको छ ।