धनगढीले खरिद गर्‍यो सरसफाइ गाडी
 
dfhdfh

कैलालीको धनगढी उपमहानगरपालिकाले सरसफाइ गाडी खरिद गरेको छ। उपमहानगरपालिकाले नगर सरसफाइ प्रयोजनका लागि 'गार्बेज कम्प्याक्टर' नामक सरसफाइ गाडी खरिद गरेको जनाएको छ।

साथै पालिकाले एक ट्याक्टर र ट्रली  पनि खरिद गरेको जनाएको छ। सरसफाई गाडी ५७ लाख र ट्याक्टर र ट्रली १२ लाख १ हजार लागतमा खरिद गरेको उपमहानगरले जनाएको छ। सरसफाइ गाडी र ट्याक्टर कार्यालयमा ल्याइसकेको र ट्रली एकहप्ता भित्र पुग्ने जनाएको छ।