रवीका समर्थकले कैलालीमा कान्तिपुर पत्रीका जलाए
 
ss

कैलालीमा रवी लामिछानेका समर्थकहरुले कान्तिपुर पत्रीका जलाएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान कान्तिपुर बहिष्कार गर्ने भन्दै उनीहरूले पत्रीका जलाएका छन्।

रास्वपाका अध्यक्ष समेत रहेका रवीविरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरुले पत्रीका जलाएको बताएका छन्। स्वयं रबिले पनि आफूलाई मिडियाले खेदेको भन्दै हिजो कोलाहल मच्चाएका थिए।

उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्री पदबाट बिदा भएपछि हिजोमात्र मिडियामा झुल्किएका थिए। त्यसपछि उनले त्यहीँ झोकमा उनले मिडियाविरुद्ध आफ्नो भडास पोखेका थिए। उनको पासपोर्ट काण्डको भने अहिले पनि छानबिन जारी छ।