
धनगढी - कैलालीमा भन्सार छलीका राँगा पक्राउ परेका छन्। कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीगरी ल्याउँदै गरेको अवस्थामा राँगा पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार जिल्लाको कैलारी गाउपालिका–७ भुँईयाफाटाबाट भन्सार छलीगरी ल्याउदै गरेको २ र भजनी नगरपालिकाको–७ हिम्मतपुरबाट २ ओटा राँगा पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएको राँगा इलाका प्रहरी कार्यालय हसुलिया र इलाका प्रहरी कार्यालय भजनीमा बुझाई थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।
