
कैलालीका प्रमुख जिल्ला अधिकारीका रुपमा युवराज कटेल आउने भएका छन् । गृह मन्त्रालयले प्रजिअ किरण थापाको सरुवा गर्दै उनको ठाउँमा कटेललाइ पठाएको हो ।

थापाको नुवाकोट सरुवा भएको छ भने नयाँ प्रजिअका रुपमा पठाइएका कटेल जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत थिए ।
शुक्रवार गृह मन्त्रालयले ७० जना सीडीओ र सहायक सीडीओको सरुवा गरेको थियो ।
