
दार्चुलाको व्याँस र अपिहिमाल गाउँपालिकाको उच्च लेकाली भूभागमा हिमपात सुरु भएको छ । बिहीबारदेखि सो क्षेत्रमा हिमपात सुरु भएको हो ।

पहाडी क्षेत्रमा भने हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित बनेका थिए । हिमपात भएपछि कृषिबालीलाई फाइदा हुने किसानको भनाइ छ । हिमपात भएपछि चिसो बढेको छ ।
