
सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीद्वारा उपसभामुख चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।
उपसभामुखको लागि मंगलबार भएको निर्वाचनमा चौधरी निर्वाचित भएकी थिइन् । सत्ता साझेदार दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी उनलाई ५३ जना प्रदेश सभा सदस्यमध्ये २८ जना मत दिएका थिए ।
