
नागरीक उन्मुक्ति पार्टी ९नाउपा०ले समाभामुखलाई मतदान गर्ने भएको छ । नाउपाले सत्ता साझेदारका उम्मेदवार नेकपा माओवादीका भिम बहादुर भण्डारीलाई मतदान गर्ने भएको छ । नाउपाले भिम भण्डारीलाई मतदान गरेपछि सभामुखमा भण्डारी निर्वाचित हुने छन ।

सत्ता साझेदारका नेकपा एमालेका १०, नेकपा माओवादीका ११,नाउपा ७ र राप्रपाको १ साँसदले मतदान गरे पछि भिम बहादुर भण्डारीको पक्षमा २९ जना साँसद छन । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मान बहादुर रावल रहेका छन । रावलका पक्षमा २३ जना साँसद रहेका छन भने एक जना स्वतन्त्र साँसद छन ।
