 
अछाममा ३४ वर्षीय एक जना मृत फेला परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन्।
 
 कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
