धनगढीमा चरेशसहित दुई युवक पक्राउ
 
dytyg

 कैलालीको धनगढीमा चरेशसहित सहित दुई युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरी र २३ वर्षीय डेविट चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश धनगढीको जुगेडाबाट बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।