
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको वैठक निष्कर्षविहीन बनेको छ। प्रदेशमा संसदीय दलको नेताका लागि प्रदेश सभामा निर्वाचित ६ जनाले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको हो।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भए पनि उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो। संसदीय दलको नेतामा अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन्।
दलको नेता चयन गर्न अझै केही दिन लाग्ने प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खडकाले बताए।
