पहिलो बैठकमै लक्ष्मण किशोरको चेतावनीः टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न दिँदैनौ (भिडियो सहित)
 
ss

नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले माघपछिका संसदका कुनै पनि बैठक चल्न नदिने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन् ।

‘हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेको छ । हामीले ५ वर्षमा काम गर्न नसके व्यर्थ जाने निश्चित छ । त्यसैले हामी गम्भीर हुन जरुरी छ’, उनले भने, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो । राजनीतिक अधिकारको क्रममा घटना घट्यो । तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ । टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन । घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ । घटना समाधानले मात्रै समाज विकास हुनेछ । यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ ।’