
सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन सोमबार आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे प्रदेश सभामा बस्न लागेको हो।

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते आह्वान गरेका थिए।
प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। यसपछि अर्को बैठक माघ २ गते बस्ने छ।
