
हुस्सु र शितलहरका कारण धनगढीमा चिसो बढेको छ । आइतबार बिहानैदेखि धनगढी बजारसहितका क्षेत्रमा लागेका हुस्सुसँगै परिरहेको शितलहरका कारण चिसो बढेको हो ।

चिसोले मानिसको दैनिक जीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले पनि तराईका भू–भागमा आज बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ।
