सुदूरपश्चिम सभाको प्रथम अधिवेशन पुष १८ गते आह्वान
 
dd

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुष १८ गते आह्वान गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ । प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन् ।