 
चित्रा भण्डारी- विद्यार्थीहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न स्कुल टु ओलम्पीक कार्यक्रम सुदुरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना हुने कार्यक्रम सुदुरपश्चिम प्रदेशबाट सुरु भएको हो । नेपाल ओलम्पीयन संघको आयोजना तथा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा खेलाडीहरुलाई खेल जगतमा लाग्नको लागि प्रेरणा दिन स्कुल टु ओलम्पीक कार्यक्रमको अवधारणा अगाडी ल्याईएको हो ।
 
 नेपालको किर्तिमानी खेलाडी भनेर चिनिएका र ओलम्पीकमा सहभागीता जनाएका खेलाडीहरुले विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा लाग्न उत्प्रेरित गर्नका लागि स्कुल टु ओलम्पीक कार्यक्रम अगाडी ल्याईएको हो । सुदुरपश्चिम प्रदेशमा ६ जना ओलम्पीयनहरुले आफ्नो अनुभव र संघर्षको कथा विद्यार्थीहरु माझ बाँडेका छन् । यसले विद्याथीहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गरेको कैलाली विद्या निकेतनकी विद्यार्थी कोपिला जोशीले बताईन् ।
ओलम्पीयन खेल्नको लागी स्कुल जीवनदेखि नै सपना देख्नु पर्ने भन्दै ओलम्पीयनहरुले अहिले स्कुलहरुमा आफ्नो खेल जीवनका अनुभूतिहरु युवा विद्यार्थी खेलाडीहरुलाई सुनाउन थालेका छन् । किर्तिमानी खेलाडीहरुसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरु हर्षित भएको प्याब्सन कैलालीका अध्यक्ष टोपेन्द्र शाहले बताए ।
 
 
 खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरुको बारेमा जानेका विद्यार्थीहरुले उनीहरुसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् । यसले आगामी दिनमा खेल क्षेत्रको माहोल बढाउन मदत्त पुग्ने सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले बताए ।
स्कुल टु ओलम्पीयन कार्यक्रम मार्फच युवाहरुलाई खेलकुदमा उत्प्ररित गराउने अभियान थालिएको हो । यसले आगामी दिनमा खेल क्षेत्रमा टेवा पुग्ने नेपाल ओलम्पीयन संघका अध्यक्ष दिपक बिष्टले बताए । 
सुदुरपश्चिममा भएको स्कुल टु ओलम्पीयन कार्यक्रममा ओलम्पीयनहरु बैकुण्ठ मानन्धर, दिपक विष्ट, डम्मर भट्ट, विष्णुवहादुर सिंह, देवु थापा, प्रमिला रिजालका साथै नेपाल राष्टिय तथा अन्तरिाष्टय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु ऋादान प्रदान गरेका थिए ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
