
कैलाली- गोदावरी नगरपालिकाले सडकपेटिमा बनेका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले स्थानियलाई आँफै हटाउन पटक पटक सुचना मार्फत अनुरोध गरेको थियो ।

आज बिहान देखी नगरपालिकाले डोजर प्रयोग गरि संरचना हटाउन फिल्डमा नै कर्मचारी खटाएको छ। सडकको बिच भागबाट २५ मिटर दाँया र बाँयाका संरचना हटाईने नगरपालिकाले जनाएको छ ।
अत्तरिया बजार सुदुरपश्चिम कै मुख्य बजार भएपनी बिना मापदण्डका संरचनाले भरीभराउ हुँदा कुरुप बन्दै आएको थियो । नगरपालिकाको यो कार्यमा सघाउन उसले सबैमा अनुरोध गरेको छ ।
