
बाजुरामा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले एमालेका कर्णबहादुर थापाभन्दा २१ सय १४ मतको अग्रता लिएका छन्।

पाण्डेले ६ हजार ५५३ मत प्राप्त गरेका छन् भने थापाले ४ हजार ४२१ मतसहित पाण्डेलाई पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरिले २८, जनता समाजवादी पार्टीका रामबहादुर शाहीले १५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ३९ मत प्राप्त गरेका छन्।
