कांग्रेस नेता जोशीद्वारा बुवाको सम्झनामा भजनी क्याम्पसमा सरस्वती मन्दिरको शिलान्यास  
 
ss

नेपाली कांग्रेसका कैलाली जिल्लाका लेखा समिती संयोजक टंकप्रसाद जोशीले स्वर्गीय बुवा तोयनाथ जोशीको सम्झनामा कैलालीको मोहन्याल बहुमुखी क्याम्पसको प्राङ्गणमा सरस्वती मन्दिर निर्माण गर्ने भएका छन् ।

1

स्वर्गीय बुबाको २९ औ स्मृतिको अवसरमा जोशीको लगानीमा निर्माण हुने  सरस्वती मन्दिरको एक कार्यक्रमका बिच वुधवार शिलान्यास गरिएको छ । 

3

मन्दिरको कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका नबनिर्वाचित सदस्य गङ्गाराम चौधरीले शिलान्यास गरे स सो कार्यक्रममा नवनिर्वाचित कैलाली क्षेत्र नम्बर ३ को ख का प्रदेश सभा सदस्य घनश्याम चौधरी भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी उपप्रमुख राजु तिरुवा लगायतको उपस्थिती रहेको थियो । 

2

क्याम्पसको प्राङ्गणमामा निर्माण गरिने मन्दिरको सम्पूर्ण खर्च आफैले बेहोर्ने महोन्याल बहुमुखी क्यामपस ब्यवस्थापन समितिका उपाध्यक्ष समेत रहेका नेता जोशीले जानकारी दिए ।