मोटरसाइकल पल्टिँदा चालकको मृत्यु
 
ss

कैलालीको घोडाघोडी नगरपालिका- १० अमखैयामा आज मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कैलालीकै धनगढी उपमहानगरपालिका ३ का ३६ वर्षीय टेकनाथ न्यौपाने रहेका छन्।

सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा न्यौपानेको मृत्यु भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ। 

आइतबार बिहान सवा ७ बजे से ५ प १३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।