
धनगढीबाट बझाङ जाँदै गरेको ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बैतडीमा भएको दुर्घटनामा ट्रकका सहचालक रहेका डोटीको जोरायल गाउँपालिका –२ बुडरका २० वर्षीय भुवन सुब्बाको मृत्यु भएको हो ।

दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन । उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
आइतबार दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना ६ ख ४४५० नम्बरको ट्रक जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटना भएको हो । ट्रक सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
