
कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन । शनिवार राति सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो ।

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो ।
गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो । तालाबन्दी पछि नाराबाजी समेत भएको थियो ।
