
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।

मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे १ बजेसम्मको मत परिणाम अनुसार पन्तले रानालाई उछिनेका हुन्।
१२ हजार ७५८ मत गणना हुँदा पन्त ४२०६ मतका साथ अगाडि छन्। राना ४०६५ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १९३१ मतका साथ तेस्रो स्थानमा छन्।
