
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । यद्दपि एमालेसंगको मतान्तर भने नेपाली काँग्रेसले कम गर्दै लगेको छ ।

पछिल्लो मत गणना अनुसार एमालेका लेखराज भट्टले १० हजार नौ सय ४९ मत पाएका छन् ।
नेपाली काँग्रेसका उम्मेदवार बीर बहादुर बलायर १० हजार पाँच सय ८३ मत पाएका छन् । उनीहरुबीच तीन सय ६६ को मतको अन्तर छ ।
