
मतगणनाको विषयलाई लिएर बिहानदेखि बसेको सर्वदलीयरसर्वपक्षीय बैठकले अहिलेसम्म ठोस निर्णय लिन नसक्दा कैलालीमा मतगणना हुन सकेको छैन ।

हिजो सम्पन्न मतदानको आज बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको भए पनि अहिलेसम्म सहमति नहुँदा मतगणना हुन नसकेको हो ।
कैलालीका मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले दलहरूसँग सहमतिको लागि बैठक बसिरहेको बताउँदै सहमति हुनेवित्तिकै मतगणना सुरु गरिने बताए ।
