
दार्चुलाको छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गा आएर मतदान गरेका छन्। व्यास गाउँपालिका- १ को छाङरु र तिङ्करका मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका हुन्।

उनीहरूले खलङ्गामा रहेको मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन्। तिङ्करमा २३५ जना मतदाता छन्।
उनीहरू कात्तिक २९ र ३० गते नै सदरमुकाम आइपुगेका थिए। मतदानकै लागि उनीहरू पाँच दिन हिँडेर खलंगा आएका हुन्।
