
दार्चुला - दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बिहीबार दार्चुला जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको दार्चुला अदालतका न्यायधीस एवं मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिए ।
यही असोज २३ गते प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य तालिका छ ।

उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न हुँदासम्मका सबै गतिविधि सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।