
धनगढी- धनगढीमा भन्सार छली ल्याइएका राँगासहित दुई लाख बढीको सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बलले अवैधरुपमा भन्सार छलेर ल्याएका राँगा र लत्ताकपडा बरामद गरेको हो।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बेवारिसे अवस्थामा राँगा, लत्ताकपडासहित २ लाख ५८ हजार रकम बराबरको सामान बरामद गरेको बताइएको छ। बरामद सामान कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको प्रहरीले जनाएको छ।
