
दार्चुला- शुक्रबार राति आएको अबिरल बर्षाका कारण अहिले दार्चुलाका बाढीपिडितहरु बास्खोजी रहेका छन । बाढी पीडित नेपाल रेडक्रस सोसाइटीको भवनमा र जिल्ला समन्वय समितिको भवनमा बास बसि रहेका छन । अहिले बाढी पीडितहरु शीत खानाको समेत ब्यबस्थापन नभएकाले महाकाली नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा दाल,चामल नुन वितरण गरिएको छ ।

