
विभिन्न कार्यक्रम गरेर बुधबार निजामती दिवस मनाइएको छ । ‘व्यावसायिक र सृजनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ कैलाली दिवस मनाइएको हो ।

यसैक्रममा, भजनी नगरपालिकामा वृक्षारोपण र सरसफाइ गरेर दिवस मनाइएको छ । कार्यक्रममा सो नगरपालिकाका प्रमुख केवलप्रसाद चौधरी, उपप्रमुख राजुदेवी तिरुवा, वडा अध्यक्षहरु विक्रम चौधरी, धर्मेन्द्र श्रेष्ठ,कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
दिवसको अवसरमा भजनी प्राथमिक स्वास्थ्य केन्द्र र भजनी इलाका प्रहरी कार्यालय परिसरमा विभिन्न जातको वृक्षारोपण गरिएको छ ।
