
जिल्ला अस्पताल बझाङमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। शनिवार जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।

खप्तड छान्ना गाउँपालिका–३ की सोविता रोकायाको शल्यक्रिया गरिएको हो। जिल्ला अस्पताल बझाङका डाक्टर सागर न्यौपाने, निर्जन कठायत, सिद्धराज रोकाय, कमल जोशी र साधना खड्काको टिमले शल्यक्रिया गरेको डाक्टर मिलन खड्काले जानकारी दिए।
