
धनगढी- नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश पूर्व अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको वर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए ।
शाहीले आज सामाजिक सञ्जाल फेसबुकबाट पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।
