
धनगढीको स्टार सिटी युवा क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कैलालीको धार्मिक पर्यटकीय क्षेत्र बेहडावावा धाममा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य र मन्दिरमा दर्शन गर्न आएका श्रदालु भक्तजन लगायत ४५ जनाले रक्तदान गरेको स्टार सिटी युवा क्लवका अध्यक्ष कुमारवहादुर शाहीले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको क्लवले खेलकुदसगै समाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ ।
