
कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । उपमहानगरपालिकाद्वारा सञ्चालित इन्स्टिच्यूटमा आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्।

वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शैचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको माग सहित ताला लगाइएको विद्यार्थी अमित ठगुन्नाले बताए।

यस्तै प्रयोगात्मक परीक्षसमेत दिन नपाएको गुनासो विद्यार्थीको छ। चालु वर्षका लागि बजेटपनि नदिएका कारण अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएको विद्यार्थी ठगुन्नाले बताए। उपमहानगरपालिका उक्त माग सम्बोधन हुने गरि काम नगर्दासम्म ताला नखोल्ने विद्यार्थीको भनाई छ।