
धनगढीका युवा व्यवसायी महेश्वर ओझाले दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेका छन । धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष ओझाले जन्मदिनको अवसरमा धनगढीको दृष्टि फाउन्डेसनमा खाद्यान्न सहयोग सहयोग गरेका हुन ।

धनगढी स्थित दृष्टि फाउन्डेसनमा रहेका असहायलाई चामल, दाल चिनी, चाउचाउ, तेल, पिठो, नुन,चाउचाउ,अण्डा, साबुन आदि खाद्य सामग्री हस्तानान्तरण गरेका हुन । जन्मदिनको अवसरमा परोपकारि कार्य गर्ने चाहना बमोजिम सहयोग गरेको ओझाले बताए ।
काठ व्यवसायी समेत रहेका ओझा विभिन्न सामाजिक तथा राजनैतिक गतिविधिमा समेत आबद्ध छन ।
