
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली ल्याइएको छ । बुधबार पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो ।

कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो । उनी नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेशका पुर्व अध्यक्ष हाल केन्द्रीय सदस्य समेत हुन् ।
धनगढीको चौराहमा सौगात सुनचादी पसल संचालन गर्दै आएका छन् । पक्राउपछि लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो ।
