
जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ। अस्पतालमा रहेको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजन अभाव भएको बताइएको छ।

अक्सिजन प्लान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेरेटर आवश्यक हुने र अस्पतालमा रहेको जेनेरेटर केही दिनदेखि बिग्रिएका कारण समस्या भएको अस्पतालका प्रमुख डाक्टर मिलन जोशीले बताए।
नेपाल विद्युत प्राधिकरणले हाल सञ्चालनमा ल्याएको विद्युतले समेत धान्न नसकेको अस्पताल बाजुराले जनाएको छ। धनगढीबाट अक्सिजन लैजान बाटोको समस्या भएकोले बिरामीहरुलाई रेफर गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।
