
कैलालीको गोदावरी नगरपालिकामा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती सबै भारतबाट आएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरबहादुर कुवँरका अनुसार संक्रमित मध्ये ४३ जना वडा नम्बर १२ का र एक जना मात्रै वडा नम्बर १ का रहेका छन्।
आज थपिएका संक्रमित मध्ये ५ महिने शिशु, ३ र ४ बर्षकी बालिका समेत रहेका छन्। योसँगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ। जसमा एक जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन्।
