
कैलालीमा ४६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।
४२ बषीय महिलाको स्थानीय तह खुलेको छैन्। गोदावरी नगरपालिकामा मात्रै ४४ जनामा कोरोना पुष्टि भएकोमा ५ महिने शिशुलाई पनि कोरोना देखिएको छ। गोदावरीमै तीन बर्षीया बालिक र ८ बर्षीय बालकमा पनि कोरोना देखिएको छ।
