महाकालीसहितका नदीको बहाव बढ्ने
 
ss

सुदूरपश्चिम प्रदेशको महाकालीसँगै देशका केही स–साना नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ।

अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य मात्र बढ्ने  जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै इलाम, पाँचथर, संखुवासभा, दोलखा, लमजुङ, कास्की र आसपास भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।  महाशाखाले उक्त जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।