धनगढीमा लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्।
आइतबार उपमहानगरपालिका-१३ का ३४ वर्षीय शेरसिंह धामीलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
धामीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।