 
कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ। केन्द्रीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भनेर अनुमोदन भएकोमा आफ्नो स्थानीय तहमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको गाउँपालिका कार्यसमितिले जनाएको छ।
 
 गाउँपालिका कार्यसमितिले बुधबार केन्द्रीय कार्यसमितिलाई पत्र पठाउदै आफ्नो पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको जानकारी दिएको हो। ‘हाम्रो पार्टीले चुनाव चिह्न रुखबाहेक अरु कुनै पार्टीको चुनाव चिह्नमा भोट हाल्ने र जनतालाई भोग माग्ने अवस्था नरहेको÷नसकिने देखिएकाले नेपाली कांग्रेस लालझाडी सिंगो एकतावद्ध भएर गठबन्धन नगरेर एक्लै चुनावमा उत्रिने निर्णय गर्दछ’ गाउँपालिका सचिव रमेश विष्टद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
विगत ५ वर्षमा आफूहरु माओवादी केन्द्रको नेतृत्वबाट पीडित रहेको पत्रमा उल्लेख छ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
