
राष्ट्रिय भूमि आयोग कैलालीको जिल्ला अध्यक्षमा यज्ञराज उपाध्याय मनोनयन भएका छन् ।

नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाका नगर सभापति उपाध्याय राष्ट्रिय भूमि आयोग कैलालीको अध्यक्षमा मनोनयन भएका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत १७ गतेको निर्णयअनुसार राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम राष्ट्रिय भूमि आयोग, कैलाली जिल्ल समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको हो ।
