
सरकारले ३ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। पन्त र धानुकको घर सुदूरपश्चिम हो।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो।
